१८ फागुन, बारा – मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको बारामा मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका ६ अधन्वाकी ८३ वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा पैदल हिँडिरहेकी उनलाई मंगलबार बेलुकी ७ बजेतिर ना६४प ७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि वीरगञ्जस्थित सुर्या अस्पतालमा ल्याइएको ल्याएपनि हिजो गएराति १० बजेतिर उनको मृत्यु भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ठक्कर दिने बशिष्ठ चौधरीलाई पक्राउ गरि घटनाबारे अनुसन्धान गरिरहेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।