० फागुन, रौतहट– रौतहटको मौलापुरमा मधानी महायज्ञको उदघाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उदघाटनको अवसरमा नेपाली तथा भारतीय कलाकारले लाखौं दर्शक लाई नचाएका थिए । रौतहट लगायत तराई क्षेत्रमा मनाईने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ । शिवरात्रीको विशेष अवसरमा आयोजना भएको मधानी महायज्ञको पुर्व प्रधानमन्त्री केपि ओलिले उदघाटन गर्ने कार्यक्रम रहेपनी उहाँ अनुपस्थित भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले उदघाटन गरेका थिए । महायज्ञको उदघाटनको अवसरमा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साह,पुर्व मन्त्री पुरुषोत्तम पौडेल, अबुलकलाम,एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,उपेन्द्र साह,बब्बन सिंह,प्रदेश कमिटी सदस्य ,कटहरियाका मेयर सियाराम कुश्वाहा,लगायतका नेताहरूको उपस्थिति रहेकोे थियो । महायज्ञको उदघाटन कार्यक्रममा ,भारतिय भोजपुरी सुपरस्टार खेसारीलाल यादव र रानी चटर्जीले झन्डै ४ घन्टा सम्म आफ्नो प्रस्तुति राखेका थिए । साथै नेपाली महानायक राजेश हमाल,रचना शिवाकोटीले पनि सुन्दर प्रस्तुति राखेका थिए । भोजपुरिया कलाकार खेसारी लाल, रानी चटर्जी,राजेश हमाल तथा रचना शिवाकोटीको प्रस्तुतिको समय लाखौं दर्शक मन्त्रमुग्द भएका थिए । कार्यक्रममा पुर्व मन्त्री प्रभु साहले नेपाली तथा भारतिय कलाकार लाई धन्यवाद सहित सम्मान गरेका थिए ।

May be an image of 2 people, people standing, crowd and outdoors
bojpuri artist khesarilal yadav and rani jartertaa


झन्डै २ हजार वर्षभन्दा पुरानो पुरातात्त्विक महादेव मन्दिर केही वर्षअघि मौलापुर ५ पतौरास्थित स्थानीयले बारी खन्ने क्रममा भेटेको थियो । लगत्तै पूर्वमन्त्री प्रभु साहको पहलमा पुरातत्त्व विभागद्वारा उक्त मन्दिरको उत्खनन गर्दा सुरुमा महादेव मन्दिर १३औं सताब्दी भन्दा पहिलेको रहेको ठहर गरिएको थियो । पछि मन्दिरमा विभागले गौतम बुद्धको जन्मभूमि लुम्बिनी तिलौराकोटमा भेटिएका अवशेषसंग मिल्दो अवशेष भेटेपछि मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको अनुमान गर्दै थप उत्खनन जारी राखेको छ ।मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पहलमा उक्त महादेव मन्दिरलाई ब्यवस्थित गरी महाशिवरात्रीको अवसरमा पछिल्लो तीन वर्षदेखि मधानी महायज्ञ भब्यताका साथ आयोजना हुँदै आएको छ । मधानी महायज्ञको पहिलो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने दोस्रोपटक गत वर्ष तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

May be an image of one or more people, people standing, people walking, outdoors and crowd


महायज्ञको अवसरमा मौलापुरमा पुरातात्त्विक महादेव मन्दिरमा सर्लाही, बारा, रौतहटलगायत सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ भक्तजन जल चढाउन आउने गर्दछन् । कतिपय स्थानीयवासीले पुर्ण निष्ठाका साथ भारतबाट गंगा जल ल्याएर उक्त मन्दिरमा चढाउने गरेका छन् । मधानी महायज्ञको अवसरमा मौलापुर पतौरा स्थित लाग्ने सप्ताह ब्यापी मेलामा हुनेगरेको धार्मिक तथा सांस्कृतिक कार्यक्रममा लाखौं मानिसको सहभागिता हुनेगर्दछ । यसपटक मधानी महायज्ञको उदघाटनको कार्यक्रम तथा मेलालाई ब्यवस्थित एवं सुरक्षीतरूपमा सफल बनाउन दर्जनौं स्वंयशेवकका साथै सैयौं सशस्त्र र नेपाल प्रहरी लगायत परिचालन गरिएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

अघिल्लो सामग्रीआठ नेपाली किशोरीको रक्सौलबाट उद्धार
यसपछिको सामग्रीकुराकानीका लागि पुटिनलाई जेलेन्स्कीको आग्रह