फाल्गुन १८,पोखरा // पोखरामा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।

Sci-Simplified: What is Bird Flu, How It Can Infect Humans, Its Symptoms,  Treatment, Death Rate and More | The Weather Channel - Articles from The  Weather Channel | weather.com

खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्डफ्लु पुष्टी भएको छ । रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पंक्षीजन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा।गृष्म न्यौपानेले जानकारी दिए ।‘किसानले पालिरहेको कुखुरा मर्यो भनेर टेष्ट गर्न ल्याउनुभयो । यहाँ पोजिटिभ देखिएपछि काठमाडौं पठाएका थियौं, त्यहाँ पुष्टि नै भयो,’ उनले भने, ‘१५ गते नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ । आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।

H10N3 Bird Flu's First Possible Human Case is Reported in China | ACE NEWS

योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पंक्षी र पंक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । ‘घरको छतमा राखेर पाल्ने र खुला जमिन भएकोले वरिपरि पनि गएको हुनसक्ने आशंका छ । हामी खोजी गरिरहेका छौं,’ न्यौपाने भन्छन्, ‘व्यवसायिक फार्म नभएकोले खासै धेरै क्षति हुँदैन भन्ने आँकलन छ । रोगले मरेको मरिहाल्यो, जिउँदो धेरै छैन ।’अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सँधै बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन ९अहिले देखिएकै ठाउँ नजिक० मा संक्रमण फैलिएको थियो । ३ वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो ।बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ । न्युज कारखाना

अघिल्लो सामग्रीशिवरात्रि र गाँजाको सम्बन्ध
यसपछिको सामग्रीयुक्रेनमा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ