निजगढ,१७ चैत्र निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकोलागी नवजनजागृती युवा क्लव सिमरा बारा र नेपाल खेलकुद क्लव रौतहट बिच प्रतिस्पर्धा हुने भएकोछ । प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा बारा एघारलाई २-० गोल अन्तरले पराजित गर्दै नवजनजागृती युवा क्लवले उपाधिकोलागी नेपाल खेलकुद क्लवसङ्ग उपाधी भिडन्त पक्का गरेकोहो । नवजनजागृती माथी पहिलो हाफमा हाबी देखिएको बारा एघारले दोश्रो हाफमा लय गुमाउदा पराजित हुनपुग्यो । नवजनजागृतिको जितमा मोहित गुरुङले ५३ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएकाथिए । दोश्रो हाफमा बारा एघारलाई निरन्तर दबाबमा राखेको नवजनजागृतिका सुशान्त तामाङले ६९ औ मिनेटमा गोल गर्दै २-० को जित दिलाए ।

खेलको म्यान अफ द म्याच नवजनजागृती युवा क्लव सिमरा बाराका कप्तान रोहन तामाङ घोषित भए । म्यान अफ द म्याच घोषित तामाङले दुई हजार रुपैयाँ प्राप्त गरे । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा निजगढलाई पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेकोछ । नेपाल खेलकुद क्लव रौतहट र नवजनजागृती युवा क्लव सिमरा बारा बिच उपाधिकोलागी शनिबार प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडिया खेल मैदानमा संचालन हुने खेल अपरान्ह तीन बजेदेखी शुरु हुनेछ । प्रतियोगिताको बिजेताले उपाधी सहित एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले पचहत्तर रुपैयाँ प्राप्त गर्नेछ । तेस्तै विधागत रुपमा उत्कृष्ट गोलरक्षक,डिफेन्स,मिडफिल्डर,स्ट्राईकर र उच्च गोलकर्ताले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन ।

अघिल्लो सामग्रीपर्सामा मोटरसाइकल ठोकिएर दुर्घटना हुदा दुईको मृत्यु, तीन घाइते
यसपछिको सामग्रीश्री जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग