१९ फागुन, रौतहट// रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुने चेतावनी पनि दिएका छन् । युक्रेनसँग कुराकानी बारे लावरोफले रुस युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।

OPINION - From Teutonic Knights to NATO: Understanding Russia's invasion  paranoia
flag of russia

मंगलबार लावरोफले भनेका थिए, ‘युक्रेन परमाणु हतियार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’उनले भनेका थिए, ‘युक्रेनसँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ । त्यसैले रुसले यो खतरालाई सफलतापूर्वक जवाफ दिनुपर्नेछ ।’ लावरोफले युक्रेनको परमाणु हतियार हासिल गर्ने कोसिसलाई रुसले रोक्ने पनि बताएका छन् ।
पछिल्ला दिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परमाणु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए । यसको अमेरिकासहित थुप्रै देशले आलोचना गरेका थिए । तर युक्रेनमाथि सैनिक कारवाही सुरु गर्ने बेला पुटिनले यदि युक्रेनको मामिलामा कुनै बाहिरी देशले दखल दिए उसले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।एजेन्सि

अघिल्लो सामग्रीयस्ता बनुन् अबका चुनाव
यसपछिको सामग्रीओडिआई कप्तान संदिप,बन्द प्रशिक्षणमा खेलाडीहरु