२० फागुन,चितवन- चितवनको भरतपुर महानगरपालिका–६ जय नेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो । बिहीबार राति ९ बजे महेन्द्रचोकबाट बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।मोटरसाइकल पौडेलले चलाएका थिए । ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।रासस

अघिल्लो सामग्रीस्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैया
यसपछिको सामग्रीअहिले सम्म युक्रेनबाट ५ सय ११ नेपाली बाहिरिए