रौतहट,२० फागुन
नेपाली काङ्ग्रेसको १४ औ अधिवेशन अन्तर्गत भोलि शनिबार मतदान हुदै छ। काङ्ग्रेस रौतहट को निर्वाचन समितीले सम्पुर्ण पदाधिकारी सहितको नामावाली सार्वजनिक गरिसकेको छ।
चन्द्रपुर ४ का खिला प्रसाद लामिछानेले पनि जिल्ला कार्यसमितिको सदस्य पदको लागि उम्मेदवारी दर्ता गरिसके का छन। लामिछाने ले हृदय नारायण राय यादवको प्यानल बाट आफ्नो उम्मेदवारी दिएका हुन । उनी युवा हरु माझ निकै लोकप्रिय रहेकाछन । जिल्ला भरिको प्रतिनिधि हरुलाई हृदय नारायण को प्यानललाई नै मतदान गर्न आम कार्यकर्ताले अपिल गरेका छन।
सामाजिक क्षेत्रमा चर्चित र साझा व्यक्तित्वका रुपमा चर्चित खिला लामिछाने रौतहटको काँग्रेसीमात्र नभई हरेक निकाय, तह र तप्काका व्यक्तिमाझ लोकप्रिय व्यक्तिको रुपमा चिनिएका छन।।
यस्तै सुनिल यादव संस्थापन तर्फबाट उपसभापतिमा धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार,सचिवमा सुवास कोइराला र राजेश कुमार चौधरी तथा सहसचिवमा फिरोज आलम र सिकेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन ।यसैगरी, आर्का सभापतिका उम्मेदवार हृदय नारायण यादवको प्यानलबाट उपसभापतिमा महताव आलम र बिनोद गुप्ता, सचिवमा सुमन गौतम र राम चन्द्र गिरि तथा सहसचिवमा धर्मेन्द्र प्रसाद र शेख मजिद अलि ले उम्मेदवारी दर्ता गराएका छन् ।
आवरण जिल्ला सदस्यमा खिला प्रसाद लामिछाने को उम्मेदवारी