फागुन १८, रौतहट // नेपाल सरकारले फागुन १९ गते विहिवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाल सरकारको फागुन १६ गते बसेको मन्त्रीपरिषदको बैठकबाट फागुन १९ गते ग्याल्पो ल्होसार परेको हुदाँ सो को अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयको सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने” मन्त्रिपरिषद्को निर्णय भईसकेको हुँदा सम्बन्धित जानकारीको लागि सूचना प्रकाशित गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अघिल्लो सामग्रीमोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु
यसपछिको सामग्रीखोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व