फाल्गुन १९,रौतहट//नेपाली कांग्रेस रौतहटको सभापतिमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन २१ गते हुने कांग्रेस रौतहटको निर्वाचनका लागि बिहिवार सभापति पदमा हृदय नारायण राय यादव र सुनिल कुमार यदव जितेन्द्रले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल यादव संस्थापन पक्ष र हृदय नारायण राय यादव शेखर कोइराला समूहका हुन् ।सभापतिमा मनोनयन दर्ता गराएका सुनिल यादव संस्थापन पक्षका तर्फबाट उपसभापतिमा धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार,सचिवमा सुवास कोइराला र राजेश कुमार चौधरी तथा सहसचिवमा फिरोज आलम र सिकेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन ।

Nepali Congress boosted by influx of new blood ahead of its general  convention
nepali congress flag

यसैगरी, कोइराला पक्षीय सभापतिका उम्मेदवार हृदय नारायण यादवको प्यानलबाट उपसभापतिमा महताव आलम र बिनोद गुप्ता, सचिवमा सुमन गौतम र राम चन्द्र गिरि तथा सहसचिवमा धर्मेन्द्र प्रसाद र शेख मजिद अलि ले उम्मेदवारी दर्ता गराएका छन् ।सभापति र पदाधिकारीसहित ९६ पदमा हुने निर्वाचनमा हरेक पदमा दुई–दुई जनाले उम्मेदवारी दिएका छन् भने खुल्ला सचीव मा उपेन्द्र यादवले पनि उम्मेदवारि दिएका छन । २ हजार ५९० जना मतदाता रहेको र आगामी शनिबार बिहान ९ बजेदेखि ५ बजे सम्म गौरको जुद्द माविमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

अघिल्लो सामग्रीराजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तोडफोड
यसपछिको सामग्रीलोप भए टुकी–दियालो, देखिन छाडे आरन