१९ फागुन, रौतहट नेपाली क्रिकेट टोलीको ओडिआई कप्तान पनि लेगस्पिनर सन्दीप लामिछाने रहने पक्का भएको छ । तीन महिना अघि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै कारवाहीसँगै कप्तानबाट पदमुक्त गर्दा सन्दीप कप्तानमा नियुक्त भएका थिए । सन्दीपको कप्तानीमा नेपालले यसै महिना ओमानमा चार देश सम्मिलित टि२० आई सिरिज र आइसिसी टि० विश्वकप छनोट ए खेलेको थियो । नेपाल दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग ओडिआई त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज अघि नेपाली टोली बिहीबार अभ्यासको लागि श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।


ओडिआईको कप्तानी पनि सन्दीपले नै गर्ने कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । नेपालले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । १६ सदस्य टोलीले श्रीलंका हुँदै युएई भ्रमण गर्नेछन् । सन्दीप ओडिआईमा कप्तानी गर्ने नेपालबाट पारस खड्का र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् । नेपालले उपकप्तान भने सार्वजनिक गरेको छैन ।अनुसाशनकै कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यसपछि उपकप्तानको जिम्मेवारी कसैलाई तोकेको छैन । आवश्यक परेको खण्डमा मात्र तोक्ने जनाउँदै आएको छ ।
सन्दीपको कप्तानीमा नेपाल टि२० विश्वकप छनोटमा समूह बी मा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ र क्यानडालाई ८ विकेटले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने अवसर गुमाएको थियो ।विश्वकप लिग–२ पछि नेपालले टियु मैदानमा मार्च अन्तिममा पपुवा न्युगिनी र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । पपुवा न्युगिनीसँग ओडिआई सिरिज पनि खेल्ने जनाएको छ । नेपालले विश्वकप लिग–२ मा पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ मा खेल्दै सुरुवात गर्नेछ ।

In ODIs, this team lost to Nepal, Sandeep Lamichhane harassed each and  every batsman.
nepali cricket team captian sandeep lamichane

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी ः
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ, सुशान भारी, राजु रिजाल र अनिल कुमार शाह
नेपालको खेल तालिका
१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम
१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम
२१ मार्च नेपालविरुद्ध युएई, दुबई
२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

अघिल्लो सामग्रीतेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुनेछ : रुस
यसपछिको सामग्रीराजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तोडफोड