रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा समता स्कुलको नया भवनको शिलान्यास गरिएको छ ।शुक्रबार एक कार्यक्रमको आयोजना गरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा र अन्य भद्रभलादमीको उपस्थितिमा समता स्कुलको नया भवनको शिलान्यास गरीएको हो । कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरीले यस स्कुलको निमार्ण सम्पन्न गर्न आफु र नगरपालिकाको तर्फबाट भरपुर्ण सहयोग गर्ने बताए । शिक्षा हरेक नागरीकको नैसर्गिक अधिकार हो,कोहि पनि शिक्षा बाट बन्चित हुनु हुदैन उनले थपे नगरपालिकाको बैठकबाट प्रस्ताव लैजाने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । स्कुल निमार्ण गर्नका लागि चन्द्रपुर वडा नम्बर ४ कै बासिन्दा भरत प्रसाद गौतमले १६ बर्षका लागि साढे आठ कठ्ठा जग्गा लिजमा दिएर सहयोग गरेका छन् । गौतमले नगद तिस हजार पनि सहयोग गर्ने प्रतिबद्धता पनि गरेका हुन ।

त्यस्तै समता ट्रस्टले स्कुल निमार्ण गर्नको लागि १० लाख रकम दिएर सहयोग गर्ने बारे समता ट्रस्टका निर्देशक दिपक सन्जेलले बताए । सन्जेलले समता ट्रस्टका बारेमा केहि कार्यहरुको बारेमा प्रकाश पारेका थिए । देशको ७७ वटै जिल्लामा ८० ठाउमा समता बिध्यालय स्थापना भएको र गुणस्तर शिक्षा दिदै आएको उनले बताए । समता बिध्यालयले नर्सरी देखी मास्टर डिग्रि सम्म मात्र १०० रुपैयामा पढाउदै आएको छ । शिक्षा संग संगै समता ट्रस्ट ले स्वस्थय क्षेत्रमा पनि योगदान पुर्याएको उनले बताए । समता अस्पतालमा पनि रु १०० रुपैयामा जस्तो सुकै किसिमको पनि उपचार गराउन पाईन्छ । यस्तै समता ट्रस्टले नर्सिड कलेज खोल्नो तयारीमा रहेको निर्देशक सन्जेलले बताए ।

यस्तै वडा नं ४ का अध्यक्ष अकर बहादुर आलेले आफुले बिभिन्न समयमा बिध्यालयको स्तोर उन्नतिको लागी कार्य गर्दै आएको बताए । अध्यक्ष आलेले समता बिध्यालयको लागी आवश्यकबेन्च,वाईट बोर्ड तथा बिभिन्न शैक्षिक सामाग्री उपलब्द गराई सकेको छन् । बोलीमा भन्दा ब्यवहारमा काम गर्नु पर्ने जिकिर गर्दै आलेले बिध्यालय निर्माण कार्य सम्पन्न गर्न भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मी देवकी नेपालले समता स्कुल को प्रधानाध्यापक महिला भएको हुदा गौरव महसुस भएको बताईन् । शिक्षाले नै मानिसलाई परीपक्क बनाउने भएको हुदा समता ट्रस्टले चन्द्रनिगाहपुरमा रहेको बिध्यालयलाई ब्यवस्थित गदै भोलनटार,धियाल डाडा लगाएत बिकटमा रहेका बालबालीकालाई पनि लक्ष्ति गर्दै सेवा दिनु पर्ने बताईत । नेपालले स्कुल निर्माणको लागी नगद ५१ हजार र आवश्यक सहयोग गर्ने बताईन ।आज भन्दा १२ वर्ष अगाडी चन्द्रनिगाहपुमा समता बिध्यालय को भवन बनाउने भनेर शिलन्यास गरीएको थियो । तर बिभिन्न समस्या को बाबजुत पनि आज भवन निर्माण गर्न बाटो खुलेको अभियन्ता संतोष गजमेरले बताए । सबै बुद्धिजिवि,जनप्रतिनिधि,ब्यापारी,पत्रकारको सहयोग रहेको निर्माण कार्य सम्पन्न गर्न कुनै समय नलाग्ने गजमेरले बताए ।

सो शिलान्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी,समता बिद्यालय चन्द्रनिगाहपुरका प्रधानाध्यापक आरती गज्मेर,चन्द्रपुर कार्यपालिका सदस्य सरस्वती खुलाल, डिएसपी लिलाराज लामिछाने लगायत सो स्कुलका बिद्यार्थीहरु,अभिभावक र संचारकमीको को बाक्लो सहभागिता रहेको थियो । निमार्ण गरिने स्कुल सुरुमा १३ कोठे रहने प्रधानाध्यापक गज्मेरले बताएकी छिन् ।सो कार्यक्रममा बिभिन्न ब्यक्तिव हरुले अर्थिक सहयोग गर्ने वाचा गरेका छन् । नेपाली कांग्रेसका प्रभावसाली नेता बिनोद गुप्ताले रु५१ हजार नगद र दैनिक १० बजे देखी ४ बजे सम्म श्रमदान गर्ने घोषना गरेको छन् भने कृष्ण प्रसाद घिमिरे(समता बाजे)ले रु.१ लाख,संतोष पाख्रीनले ५१ हजार, तेज बहादुर घिसिडले १० हजार,तारा गुरुडले २० हजार,खड्क ब. मगरले १० हजार र केदार प्रसाद तिमल्सिनाले ५ हजार स्कुल निमार्णका लागि सहयोग गर्ने बताएका छन् ।
समता स्कुल निर्माण सम्पन्न गर्न रु ४० देखी ५० लाख लाग्ने बिध्यालयले जानएको छ । बिध्यालको भवन शिलन्यास कार्यक्रमको संचालन महिला अधिकारकर्मी जुनु सुनारले गर्नु भएको थियो ।

अघिल्लो सामग्रीभारतमा शृंखलाबद्ध विष्फोटका ३८ दोषीलाई मृत्युदण्ड,११ दोषीलाई आजीवन कारावासको सजाय
यसपछिको सामग्रीएमाले रौतहटको बिवाद कायमै २ स्थानमा बैठक,सपथग्रहण कार्यक्रम स्थगित