फाल्गुन ०८, रौतहट
राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीको आयोजनामा चन्द्रनिगाहपुरमा आइतबार वृहत रक्तदान कार्यक्रम भएको छ । प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्रबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएको राष्ट्रिय युवा संघ नेपाल चन्द्रपुर नगर कमिटीका अध्यक्ष बिक्रम लामाले बताए । रगत जीवनको एक अमूल्य र अपरिहार्य तत्व हो, रगत बिना जीवन कल्पना गर्न पनि सकिदैन त्यस कारण रगत अभाव को कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रम गरिएको लामाले बताए।
कार्यक्रममका प्रमुख अतिथि उद्धब रेग्मीले रगत जीवनको एक अमूल्य र अपरिहार्य तत्व भएको हुदा यस्ता कार्यमा सबैजनाले सहभागिता जनाउनु पर्ने बताउनु भएको छ । रगत बिना जीवन कल्पना पनि गर्न नसकिने हुदा यस्तो परोपकारी कार्यमा नेकपा एमाले सबैभन्दा अगाडी रहेको समेत उहाले बताउनु भयो । कार्यक्रममा,बिध्यार्थि,युवासघ का नेता,सुरक्षाकर्मी,संचारकर्मी ले रक्तदान गरेका थिए ।आइतबार भएको कार्यक्रममा १५१ जनाले रक्तदान गरेका थिए जस्मा १२९ जना पुरुष र २२ जना महिलाले रक्तदान गरेको आयोजक ले जानकारि दिएको छ ।कोभिड १९ को जोखिमले पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसक्दा बिभिन्न रोगका कारण तत्कालै शल्यक्रिया गर्नु पर्ने विरामीहरु, प्रसुति गराउनु पर्ने महिलाहरु अस्पतालका शैयाहरुमा रगतको अभावले तत्काल उपचार पाउन नसकिरहेको अवस्था रहेको छ । तीनै विरामीहरुको जीवन रक्षाका लागि रगत संकलन गरि जीवनदान दिने उद्देश्यले मेरो रक्तदान अरुको जीवनदान भन्ने नाराका साथ वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामाले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उद्धब रेग्मी,मधेश प्रदेश उप सचिब आरती भण्डारी,प्रदेश सदस्य खडग बहादुर बम्जन,रेडक्रस चन्द्रपुरका सभापति श्रीकृष्ण अधिकारी,एमाले पार्टीका रौतहट जिल्ला सचिब बाल बिक्रम कार्की,पार्टीका चन्द्रपुर नगर कमिटि अध्यक्ष शिब प्रसाद आचार्य,उपाध्यक्ष राजेन्द्र तिवारी,सचिब बिनोद चौधरी लगायतको सहभागिता रहेको थियो ।

अघिल्लो सामग्रीचन्द्रपुरमा त्रि–बर्षिय ब्यवसायीक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न
यसपछिको सामग्रीमोटरसाइकल चोरी गर्ने १ जना पक्राउ