माघ २५, रौतहट // ७ केजी लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । रुकुम पूर्व भूमे गाउँपालिका–९ चुनवाङ घर स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१४ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामीको कोठाबाट सात केजी ७७९ ग्राम लागुऔषध चरेस बरामद गरिएको दाङ प्रहरी प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लले जानकारी दिए । निजलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे उक्त परिमाणको चरेस बरामद गरिएको दाङका प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

लागुऔषध चरेससहित दुई जना

उनकाअनुसार कामी र रुकुम पूर्व भूमे गाउँपालिका–९ घर भई हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको हो । पुन लागुऔषधको कारोबार गर्ने व्यक्तिको आशङ्कामा फोन कल तथा सोधपुछका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।रासस

अघिल्लो सामग्रीसरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप, २ प्रहरी घाइते
यसपछिको सामग्रीचितवन राष्ट्रिय निकुञ्जमा गैँडा फेरी मृतावस्थामा फेला