रौतहट: चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर स्थित राजमार्गको दायाँ(बायाँमा निमार्ण भईरहेको १८ साय मिटरको रेल्वे ट्रयाकबेडमा गुणस्तरीय सामग्रीको प्रयोग भएको प्राबिधिकले जानकारी दिएका छन् ।
पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास सडक खण्ड अन्तर्गत रौतहटमा निर्माणाधिन रेल्वे ट्रयाकबेडमा प्राबिधिकले सो रेल्वे ट्रयाकबेडको चेकजाँच गर्दा गुणस्तरीय सामाग्रीको प्रयोग गरी काम भएको जानकारी दिएको हो ।सो रेल्वे ट्रयाकबेडमा मापदण्ड अनुसार मिक्स ग्य्राबेल र माटो राखेर १५ देखि २० सेन्टिमिटरमा रोलिङ गरिएको निर्माण कार्यको प्राविधिक जिम्मा लिएका रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका ओभरसियर श्याम श्रेष्ठले जानकारी दिएका छन् ।
लामा गोल्डेनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दायाँ बायाँमा निमार्ण भैरहेको रेलवे ट्रयाकबेड अहिले सम्मकै गणस्तरीय सामग्रीको प्रयोग भएको स्थानिय प्रेम तिमल्सिनाले जानकारी दिएका छन् ।हालै निमार्ण भैईरहेको रेलवेको माटो पुर्ने काम, ब्यांकेटिंग,लिक निर्माण,पर्खाल तथा कलभर्टमा निर्माण सम्झौता अनुसार काम भईरहेको रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका इन्जिनियर बोध भण्डारीले जानकारी दिए । निर्माण कार्यमा गुणस्तर भएको हुदा सन्तपुरका स्थानिय हर्षित भएका छन् ।

अघिल्लो सामग्रीवन(ढाडे) विरालो मारेको अभियोगमा ५ जना पक्राउ
यसपछिको सामग्रीमोटरसाइकल सहित दूई जना काठ तस्कर प्रकाउ