रौतहट–रौतहटको गुजरा नगरपालिका जंगलसहिया नजिकबाट कटास प्रजातिको ७ वटा मृत वन(ढाडे) विरालो सहित ५ जना पक्राउ परेको छ ।
बुधबार बेलुका साझ ६ बजेको समयमा जंगलसहिया चौक देखि पश्चिम बाटोमा रातो झोलामा बोकि लगिराखेको अबस्थामा ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरका प्रहरी टोलीले चेक जा“च गर्दा मृत अवस्थामा रहेको ७ वटा वन विरालो सहित ५ जनालाई पक्राउ परेको हो । पक्राउ परेको ७ वटा मृत वन बिरालो र ५ जनालाई जंगलसहिया सव–डिभिजन वन कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरका प्रहरी निरीक्षक बिष्णु बिकले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा बारा जिल्ला गढिमाई नगरपालिका वडा नम्बर १८ का १८ बर्षिय पप्पु बरै,३५ बर्षिय संजय बरै,१८ बर्षिय अक्षय बरै,१८ बर्षिय सुनिल बरै र १८ बर्षिय निरज बरै रहेको जंगलसहिया सव–डिभिजन वन कार्यालयका प्रमुख बैजनाथ मण्डलले जानकारी दिएका छन् ।
पक्राउ परेका ५ जनालाई नियन्त्रणमा राखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्र्तगत दफा २०२९ बमोजिक कार्वाही गरिने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।
