फाल्गुन ६,रौतहट
सरकारले जिल्ला अस्पतालमा जम्मा ७० प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध हुने ब्यवस्था रहेको पनी रौतहटका एक मात्र नमुना अस्पताल गौरमा संचालन रहेको अस्पतालले बिरामीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न सञ्चालन गरेको फार्मेसीमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधिसमेत पाइँदैन । जिल्लाको सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालको फार्मेसीमा निःशुल्क दिने औषधि नहुँदा बिरामीहरु निजी अस्पतालमा रहेको फार्मेसीमा किन्न बाध्य छन । अस्पताललाई प्रदेश सरकारले पठाएको न्यून बजेटले औषधि खरिद गरे पनि अपुग हुदै आएको छ । गौर अस्पतालले ५ वर्षअघि सञ्चालनमा ल्याएको फार्मेसीमा सरकारले निःशुल्क उपलब्ध गराएको ७० प्रकारका औषधिमध्ये १५ प्रकारका पनि औषधी छैनन । निःशुल्क उपलब्ध गराइने भनिएका औषधिहरुमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक समेत रहेका छन् । तर जिल्ला अस्पतालको फर्मेैसिमा सो औषधि समेत उपल्बध नभएको एक बिरामीले गुनासो गरे ।
औषधि अपुगबारे अस्पतालले प्रदेश सरकारलाई पटकपटक जानकारी गराएपनि सरकारको भने ध्यान जान सकेको छैन । अहिले एन्टिबायोटिक, एलर्जी, ग्यासटिक हटाउने औषधि फार्मेसीमा छैन । अस्पताल प्रमुख डा. कृष्ण साहले वर्षमा १ करोडको औषधि खपत हुने अस्पतालमा प्रदेश सरकारले जम्मा १० लाख मात्र बजेट दिएको बताउनु भयो ।
अस्पतालका अनुसार ग्रामीण भेगबाट आउने बिरामी बाहिर औषधि किन्दा महगिमा पर्ने हुदाँ उनीहरू निःशुल्क औषधि चाहियो भन्दै दबाब दिने गरेको अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन । अस्पतालका स्टोरकिपर रामश्रेय मुखियाले निःशुल्क औषधि सकिएको बारे प्रदेश सरकारलाई जानकारी गराइसकेको बताए । ‘एक÷दुई दिनभित्र प्रदेश सरकारले पठाउने भनेको छ,’ उनले भने, ‘केही महत्त्पूर्ण औषधि नहुँदा बिरामी मर्कामा पर्दछन ।’खुट्टामा चोट लागेर अस्पताल पुगेका गौरका सरोज कुर्मीले ग्यास्ट्रिकको औषधिसमेत बाहिर किन्नुपरेको गुनासो गरेका छन । ‘निःशुल्क भनिएको औषधि नै छैन,’ उनले भने, ‘सरकारलऔषधि नै दिन सक्दैन भने किन सरकारी फार्मेसी भनेर बिरामीलाई मख्ख पार्नु ?’ नेपाल सरकारले निःशुल्क दिने भनिएको औषधि र औषधिजन्य सामग्रीको सूची सबैले देख्नेगरी राख्नुपर्नेमा पनि जोड् दिएका छन् ।

अघिल्लो सामग्रीअपराध कर्ममा हुर्केको राजनीति
यसपछिको सामग्रीप्रतिबन्धित लागु औषधसहित तीन युवक पक्राउ