रौतहटःरौतहटको गौर चन्द्रपुर सडक खण्डको बैजनाथपुरमा शुक्रवार राति मोटरसाइकलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बैजनाथपुर चोकमा मोटरसाइकलको ठक्कर बाट चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का २८ बर्षिय समिर पराजुलीको मृत्यू भएको हो ।
शुक्रबार राति साढे १ बजे को समयमा चन्द्रनिगाहपुरबाट गौर तर्फ गईरहेको ३ जना सबार मोटरसाइकलको ठक्कर बाट पैदल यात्री पराजुलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मोटरसाईकलले ठक्कर दिने बृन्दावन नगरपालिका वडा नम्बर ३ बस्ने ३० बर्षिय दिपेस कुमार साह रहेका छन् भने मोटरसाईकलमा पछाडि सवार भएका सोही नगरपालिकाका २९ बर्षिय नागेन्द्र साह रहेका छन् । तेस्तै मोटरसाईकलको पछाडि सवार रहेका तेसा्रे व्यतिm बरहथवा नगरपालिका हजरीया बस्ने २६ बर्षिय पप्पु सहनी घटना स्थलबाट फरार भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएका दिपेश कुमार साहको चन्द्रपुर हस्पिटलमा उपचार भईरहेको र नागेन्द्र साहलाई हस्पिटलबाट डिस्चार्ज भई ईलाका प्रहरी कार्यलयमा राखिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । उनले फरार रहेका सहनीलाई प्रहरीले छिट्टै नियन्त्रणमा लिने बताएका छन् ।
अपराध मोटरसाईकलको ठक्कर बाट चन्द्रपुरका युवकको मुत्यु