१० फल्गुन,रौतहट// रौतहटका बिभिन्न पाटीका नेता , कार्यकता माअेबादी केन्द्रमा प्रबेश गरेका छन् । नेकपा एमाले परित्याग गर्दै नेता, कार्यकर्ता सोमबार मैलापूरको एक कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले खादा ओडाएर नेकपा माओबादीमा प्रवेश गराएका थिए ।

रौतहटको मौलापुर नगरपालिकाको ३ नम्बर वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानु, मौलापुर नगरपालिका वडानम्बर ५ का सदस्य रामलक्ष्मण राउत, मौलापुर नगरपालिका–३ लालबाबु साह कानु, हरी बहादुर साह, देबनाथ बैठा, महेन्द्र राय यादब, प्रगन राय यादब, बुलेट राय यादब, मौलापुर–५ का शंकर साह कानु, बिशनाथ कानु, रामेश्वर साह कानु, राम ईश्वर साह कानु, राम अयोध्या साह कानु, रघुबर साह कानु, प्रमोद राउत, खोमादी राउत, राजदेब राउत, ओम प्रकाश पटेल, रमेशी राउत संदिप पटेलले नेकपा एमाले परित्याग गरी नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका हुन ।उहाहरु लाई नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड )ले आफनो निबास खुमलटारमा एक कार्यक्रमका बीच अबिर र खादा लगाई पार्टी प्रबेश गराउनु भएको हो । नेकपा माओबादी केन्द्रमा प्रबेश गरेकाहरुले नेकपा एमालेका नेताहरुको भनाई र गराईमा फरक रहेको र जनता लाई भ्रम बाहेक केही दिन नसकेकोले आफुहरु नेकपा माओबादी केन्द्रमा प्रबेश गराएको बताए । सो प्रबेश कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य युबराज भट्टराई ( समिर ) लगायतका नेताको उपश्थिती रहेको थियो ।