फागुन ४,रौतहट//नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिन सक्ने चेतावनी समेत दिएको छ ।
सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको थियो। त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।एमसीसीमा राष्ट्रिय सहमति नजुटिकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन ।