१ फागुन, रौतहट //रौतहटको मौलापुर स्थित पुरातात्त्विक महादेव मंदिरमा हुने मधानी महायज्ञको तयारी पूरा भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।आगामी फाल्गुन १७ गते हुने मधानी महायज्ञ विशेष समारोहको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्न लागेको बताएको छ । शनिबार मौलापुर नगरपालिकाले पुरातात्त्विक महादेव अद्वभुतनाथ मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह को तयारि पुरा भएको मौलापुर नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामबाबु साहले जानकारी दिएका छन ।महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर स्मार्ट सिटि भुमि पुजन ,अस्टयाम , महायज्ञका साथै सांस्कृतिक कार्यक्रम तथा कुस्तीको आयोजना हुने मेयर रिना कुमारी साहले बताईन् । फागुन १७ गते हुने मधानि महायज्ञको मुल उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मेयर साहले बताईन ।
उक्त अवसरमा विभिन्न राजनीतिक दलका नेताहरु , प्रतिनिधिसभा सदस्यहरु , मधेश प्रदेश सभाका सदस्यहरु तथा विभिन्न पालिकाका प्रमुख , उपप्रमुख लगायत लाई आमन्त्रण गरिएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । महायज्ञको अवसरमा हुने धार्मिक गतिविधि का साथै आयोजकले विभिन्न सांस्कृतिक कार्यक्रम को ब्यवस्था गरेको छ । सांस्कृतिक कार्यक्रममा नेपालका सिनेजगतका महानायक राजेश हमाल लगायत रास्ट्रीय स्तरका चर्चित कलाकारहरु , भारतिय चर्चित भोजपुरी नायक खेसारिलाल यादब एवं अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने मौलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत साहले जनाकारी दिए । सप्ताहबयापि हुने समारोहमा ब्यापारी , खेल तमासा व्यवसायीहरुबाट आयोजकले कुनै पनि किसिमको शुल्क नलिने पनि अधिकृत साहले बताएका छन् ।