फाल्गुन, ६
भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विष्फोटका ३८ जना दोषीलाई मृत्युदन्डको सजाय सुनाइएको छ ।
एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो विष्फोटमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएको श्रृंखलाबद्ध विष्फोटमा ५६ जनाले ज्यान गुमाएका छन् ।
७० मिनेटको अन्तरालमा भएका २१ ओटा विष्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए। सो घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।
यही ८ फेब्रुअरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनालाई सफाइ दिएको थियो । १३ वर्ष पुरानो मुद्दामा अदालतले गत वर्ष सेप्टेम्बरमा सुनुवाइ समाप्त गरेको थियो ।
प्रहरीले प्रतिबन्धित स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया एसआइएमआई को गुट इन्डियन मुजाहिद्दिन नामक अतिवादी समूहमा आबद्ध व्यक्ति सो घटनामा संलग्न रहेको दाबी गरेको थियो।

अघिल्लो सामग्रीकुरा मिलेन भने गठबन्धन चल्दैन स् गगन थापा
यसपछिको सामग्रीसमता स्कुलको शिलान्यास,सहयोगी हात हरु अगी बढ्दै