१ फागुन, रौतहट//प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।महाअभियोगको प्रस्तावकमा माओवादीका देव गुरूङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठ छन्। मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसिएसनले एक सय दिनदेखि आन्दोलन गरिरहेको छ। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।

अघिल्लो सामग्रीवडाध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा
यसपछिको सामग्रीमधानी महायज्ञको सम्पुर्ण तयारी पूरा