फाल्गुन ६,रौतहट
मधेश प्रदेशको दुई जिल्लामा प्रतिबन्धित लागुऔषध सहित तिन जना प्रकाउ परेका छन् । प्रहरीले लागूऔषधसहित सर्लाहीमा एक युवकलाई पक्राउ गरेको हो भने बाराबाट दुई यूवक पक्राउ गरेकका हुन् ।
नेपाल–भारत सीमास्थित मलंगवा नगरपालिका–८, बाट चेक जाँचका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो र बारामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो । सलार्हीमा प्रकाउ परेका साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।
प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
यस्तै बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित बाराबाट लामा र श्रेष्ठलार्ई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।पछिलो समयमा तराई मधेश क्षेत्रमा लागु औषधको कारोबार बढ्दो रुपमा छ । प्रहरीले विशेष टोलि बनाएर काडा रुपमा प्रस्तुतभइ निगरानि र कार्वाही अगाडी बढाएको छ ।
देश प्रतिबन्धित लागु औषधसहित तीन युवक पक्राउ