रौतहट , ८ फागुन //पेट्रोलियम प्रदार्थको मूल्य पुन वृदी भएको छ ।नेपाल आयल निगमले आजबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।निगमले तीन हप्ता नबित्दै नयाँ मूल्य तोकिए अनुसार आइतबारबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम भएको छ ।यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले वृद्धि हुदैँ १२८ रुपैयाँ निर्धारण भएको छ ।एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको जनाइएको छ ।

अघिल्लो सामग्रीविद्यालयले खाजामा मनपरी गरेको गुनासो
यसपछिको सामग्रीसंसद भवन अगाडि ‘एमसीसी स्वाहा’ भन्दै होम