चन्द्रपुर// रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं १ मा निर्माण भएको प्रथम सहिद लखन थापा को सालिक अनावरण गरिएको छ ।
चन्द्रपुर १ स्थित रहेको पर्यटकीय क्षेत्र नुनथरमा निर्माण गरिएको सालिकको आईतवार मगर एकता दिवसको बिशेष सन्दर्भमा मधेस प्रदेशका उधोग पर्यटन तथा बन मन्त्रि शत्रुघन महतोले अनावरण गर्नु भएको हो । सो कार्यक्रममा उहाले पर्यटकिय महत्व बोकेको नुनथर क्षेत्रको बिकाशमा आफु क्रियाशिल रहने बताउनु भयो । प्रदेशको गहनाको रुपमा रहेको नुनथर क्षेत्र आफैमा पौराणिक, ऐतिहासिक र किबंदन्ती संग जोडिएकोले पनि यस्को महत्वरहेको बताए ।मधेश प्रदेश को पर्यटकीय गन्तब्य मध्य एक आर्कषण केन्द्र बिन्दुको रुपमा स्थापित गर्न आफु हरदम तयार रहेको मन्त्रि महतो ले बताए ।
सो कार्यक्रका बिशिस्ट अतिथि तथा संबिधान सभा सदस्य रामकुमार भट्टराईले संभावना नै संभावना बोकेको नुनथर क्षेत्रमा पुर्वधार बिकास लगाएत यहा पाईने जडिबुटीको अनुशन्धान र साहसीक कार्य गर्न स्थानिय तह,प्रदेश र संघिय बाट सहयोग हुनु पर्ने बताए । सबै मिलेर बिकास कार्यमा जोड दिने हो भने मधेश प्रदेशकै नमुना पर्यटकीय स्थल नुनथर हुनेमा भट्टराईले
जोड दिनु भयो । स्वागत मन्तब्य राख्दै चन्द्रपुर न पा वार्ड नं एक का अध्यक्ष बिर बहादुर रखालले नुनथर क्षेत्र बिकासको लागी आफु हरदम तयार रहेको बताए । नुनथर क्षेत्र बिकासको लागी आफ्नो दायीत्व पुरा गर्न कुनै कसर बाकी नरहेको रखालको दावी छ । स्थानिय तहले आफ्नो दायीत्व पुरा गरे पनी प्रदेश र संघिय सरकार नुनथर क्षेत्र को स्वरुप परीर्वतन गर्न चुकेको बारे अध्यक्ष रखालले दुखेसो गरे ।
यस्तै कार्यक्रमलाई संबोधन गर्दै रौतहटका बरिष्ठ संचारकर्मी संजय कार्कीले नुनथर क्षेत्रमा भएको सकारात्मक पक्षलाई औल्याउदै प्रथम सहिद लखन थापाको सालिका अनावरण हुनुले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने बताए । थापाको योगदान र साहसीक कार्यलाई स्मरण गर्दै संचारकर्मी कार्कीले भने,लखन थापा एक उदारणीय पात्र हुन हामीले उहाको योगदानलाई स सम्मान गर्दै संकृति जोगाउन मगर समुदायको सबैजना एक जुट हुनुपर्ने बताए ।
सो कार्यक्रमको सभापतित्व होम बहादुर तुम्सिङले गर्नु भएको थियो भने स्वागत मन्तब्य वडा अध्यक्ष बिर बहादुर राना मगरले गर्नु भएको थियो ।