फागुन १६ ,रौतहट//रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ नजरपुरमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा सोमबार देखि धर्म महोत्सव एवम ५७ औं बार्षिकोत्सव सुरु भएको छ । चन्द्रपुर नगरपालिकाको धार्मिक महत्व रहेको सो कृष्ण प्रणामी मन्दिरमा हरेक बर्ष धर्म महोत्सब एबम बार्षिकोत्सब मनाईदै आएको छ । आयोजक समितिका सचिव हरि प्रसाद देवकोटाले जनाएअनुसार सोमबार देखि २० गते सम्म पञ्चदिवसिय रुपमा धर्म महोत्सब एबम बार्षिकोत्सब मनाईने छ । देशका विभिन्न स्थानका साथै भारतबाट समेत श्री कृष्ण प्रणामी धर्मावलम्बीहरु महोत्सब अबधिभर आउने जानकारी दिईएको छ । प्रणामी समुदायहरु बर्ष उत्सबमा दतचित भएर ध्यान केन्द्रित हुने गरेका छन ।
उत्सव कार्यक्रममा सन्त गुरुजन, अध्यत्मिक प्रवक्ता, धर्म प्रचारक, गायक, कलाकारहरुको उपस्थीति रहने छ भने बिभिन्न धार्मीक, संस्कृतिक कार्यक्रमहरु समेत संचालन हुने आयोजक समितिले जनाएको छ । प्रणामी समुदायको आस्थाको केन्द्र रहेको श्री कृष्ण प्रणामी मन्दिर नजरपुरले प्रत्येक बर्ष मनाउने धर्म महोत्सब बाट धार्मिक एंव आध्यात्मिक मोक्ष प्राप्त गर्ने हुने जनबिश्वास लिइएको छ । प्रणामी समुदायको बसोबास रहेको यस नजरपुरटोल शाकाहारी बस्तीको रुपमा परिचित रहनुको साथै ०२० साल देखि सो श्रीकृष्ण प्रणामी मंन्दिरको कारण धार्मिक पर्यटनको रुपमा बिकसित हुदै गएको छ । समय सापेक्ष मन्दिरको पुनर्निर्माण गरेर आकर्षक र व्यवस्थित बनाईदै लगिएको छ ।