रौतहटका मुसहर समुदायका अधिकाशं ब्यत्तिहरुले कोरोना बिरुद्धको खोप लगाएका छैनन् । जिल्लाको अधिकाशं ठाउमा बसोबाुस गर्दै आएका पिछडिएको समुदाएका स्थानियले चेतना अभावले नखोप लगाउन तर्फ चासो दिएका छैनन्।
फाल्गुन ५, रौतहट//चन्द्रपुर नगरपालिका वार्ड नं ०८ स्थित ७० घर धुरी रहेको छ तर त्याहा बसोबास गर्ने कसैले पनि खोप लगाएका छैनन् । मुसहर अगुवा नेता नथुनी माझीले ७० घरधुरी रहेको बस्तीका अधिकांशले खोप नलगाएको बताए । खोप लगाएर के नै हुन्छ भन्ने मानसिकताका कारण लगाउन चासो नदिएको नेता माझीको भनाइ छ । मुसहर समुदायका मानिस यो सिजनमा बिहानैदेखि इँटाभट्टामा काम गर्न जाने गर्छन् । त्यसैले पनि खोप लगाउनेको संख्या न्यून रहेको उनले बताए । मुसर समुदाएका १०÷१२ वर्षका बालबालिका पनि आफ्ना आमाबुवा सँगै भट्टा मा काम गर्न जाने भएकाले उनीहरूले पनि खोप लगाएका छैनन् न त खोप बारेमा उनिहरु ज्ञात नै छन् ।
मुसहर समुदायमा अधिकाशले नागरिकता समेत बनाएका छैनन् ,रुकमतीदेवी माझी (मुसहर्नी) को परिवारमा श्रीमान् सुखल, ३ छोरा र दुई छोरी छन् । उनीहरू कसैले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । ‘कोरोनाले मरिहल्ने होईन क्यारे खोप लगाएर केही हुन्छ जस्तो लागदैन,’ ,रुकमतीदेवीले भनिन् । खोप लगाउन जाँदा नागरिकता अनिवार्य गरेकाले पनि समस्या भएको उनीहरूको भनाइ छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटमा हालसम्म १ सय १९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
रौतहटको कुल जनसंख्या ५ लाख ८६ हजार रहेको छ । यीमध्ये अहिलेसम्म ४५ प्रतिशतले मात्र खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय गौरको तथ्याकंमा छ । ‘दलित बस्तीका अधिकांशले खोप लगाएकै छैनन् ।चेतनाको कमीको कारण खोप भने पछि आफै टाढिन्छन् स्वास्थ्य कार्यालय गौरका प्रमुख सुरेश यादवले भने, उनिहरु खोप केन्द्रमा आउँदैनन् । उनीहरूलाई राम्ररी सम्झाउनुपर्ने अवस्था छ ।स्वास्थ्य कार्यालयले दलित र खोप लगाउन नआउनेलाई लक्षित गरेर मोबाइल टोली र प्रतिनिधिनै गाउँ÷गाउँ खटाउन लागेको यादवले बताए ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको मुसहर, डोमलगायत दलित बस्तीका अधिकांशले खोप लगाएका छैनन् ।
गुजरा–९ स्थित नदीको आडैमा रहेको अर्को मुसहर बस्तीका अधिकांशले खोप लगाएका छैनन् । बस्तीमा १ सय १९ घर छन् । बस्तीमा झन्डै २ सय बढी बालबालिका छन् । पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ ।तर विद्यालयमा नजाने भएकाले मुसहर समुदायका बालबालिका खोप पाउनबाट वञ्चित भएका छन्। गाउँका मुसहर अगुवा प्रकाश मुसहरले खोपबारे जानकारी गराउँदा पनि लगाउनै नमान्ने बताए । ‘खोप लगाउनै डराउँछन् । केहीकेहीले मात्र लगाए,’ उनले भने, ‘धेरैको नागरिकता छैन । त्यसले पनि समस्या भएको हो । खोपले के काम गर्छ भन्नेबारे चेतना पनि छैन ।’ जिल्लामा ६० वटा मुसहर जाति बसोबास गर्ने साना–ठूला बस्ती छन् । २ हजार ५० वटा घर छन् । २० हजारको हाराहारीमा उनीहरूको जनसंख्या छ ।