फागुन ४,चन्द्रपूर //

 रौतहटको चुरे क्षेत्रमा वन मासेर धमधाम पक्कि घर बनाउन थालेका छन्। नियमकारी निकाय मौन रहेका कारण आफुलाई सुकुम्बासी बताउंदै चुरे क्षेत्रमा धमाधम पक्कि घर बनाउन थालेका हुन्।

चन्द्रपुर ३ स्थित चुरे क्षेत्रको विभिन्न स्थानमा धमाधम पक्कि घर निर्माण हुँदा समेत उनीहरुलाई रोक्ने काम हुन सकेको छैन।चुरे र राष्ट्रिय दक्षिण तर्फको राष्ट्रिय बन समेत मासेर पक्कि घर बनाउन थालेका छन्। चुरे क्षेत्रको १ हजार ४ सय २५ हेक्टर जमिन अतिक्रमणमा परेको डिभिजन बन कार्यालयले जनाएको छ। बढ्दो बन विनाश , अतिक्रमण र ढुंगा उत्खननले चुरे क्षेत्र संकटमा परेको भन्दै बनले हटाउन प्रयास गरेपनि नसकेको जनाइएको छ। ति क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीले चुरे कब्जा गरि रुख काटेर खेति गर्दै आएका छन्।चुरे अतिक्रमण गरि पक्कि घर बनाएको थाहा पाउँदा पाउँदै पनि हतौना नसकेको डिभिजन बन कार्यालयका प्रमुख अमरदेव यादवले बताए। बनले ७ बर्ष अघि चुरे क्षेत्र अतिक्रमण हटाउने अभियान थालिएपनि राजनीतिक दबावका कारण हटाउन नसकेको यादवले जानकारी दिए ।

डिभिजन बन अन्तर्गतको धन्सार ,गैडाटार र पौराईको चुरे क्षेत्रमा सबै भन्दा बढी अतिक्रमण भएको बन कार्यालयले जनाएको छ । नगरपालिकाले समेत अतिक्रमण हटाउन चासो नदेखाएको बनको आरोप छ। चुरेको अलावा रौतहटका विभिन्न वन क्षत्रमा स्थानीयले घर बनाउने ,घेराबेरा गर्ने तथा बालि लगाएर भोगचलन गर्दै आएका छन् ।

अघिल्लो सामग्रीपहिलो पटक एचआईभी संक्रमित सफल उपचार
यसपछिको सामग्रीखोला उत्खनन् गर्ने ७ वटा टिपर नियन्त्रणमा