माघ २५, रौतहट//चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा फेरी मृतावस्थामा फेला परेको छ ।
बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । रासस

अघिल्लो सामग्री७ केजी चरेससहित २ जना पक्राउ
यसपछिको सामग्रीखुकुरी प्रहारबाट दुई जनाको हत्या, एक जना प्रकाउ