चन्द्रपुर// चन्द्रपुर ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था १४औं प्रवेश गरी स्थापना दिवस मनाएको छ । संस्थाको आफ्नै भवनमा अध्यक्ष प्रकाश सुनुवारको सभा अध्यक्षयता भएको कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्रनं.४का प्रदेश सभासद धनलाल ठोकरको कार्यक्रम उदघाटन गर्नु भएको हो । सो कार्यक्रममा चन्द्रोदय साकोसले यस क्षेत्रका बिपन्न परिबारको आर्थीक स्थित सुधार गर्ने कार्य गर्दै आएको बताउनु भयो । राज्यको नीति लाई आत्मसात गर्दै चन्द्रोदय साकोसले गरिबी निवारणमा महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै उहाले प्रशंसा गर्नु भएको छ । सो कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला बचत संघ रौतहटका महासचिव तथा नब बिकास साकोसका अध्यक्ष श्री देब बहादुर सापकोटा, राष्ट्रिय.सहकारी बैक चन्द्रपुर शाखाका प्रबन्धक रुपा थापा, चन्द्रपुर अस्पताल प्रालिका प्रमुख चिकित्सक डाक्टर सुवास चौधरी तथा समता स्कुल चन्द्रपुरका प्राध्यानाध्यापक आरति गजमेर रहनु भएको कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको स्थापना दिवसमा पानसमा दिप प्रज्वोलन गरि,केक काटि १४थान मैनबति बाली जन्मदिन मनाइएको थियो । कार्यक्रममा अतिथिहरुले संस्थाले दिने आर्थिक सेवा देखि सामाजिक क्रियाकलापको बारेमा प्रसंशा गरेका छन ।

यस्तै बिशिस्ट अतिथी डाक्टर सुवास चौधरीले चन्द्रोदयले गरेको मानबिय कार्य अन्तर्गत रगत बिना अकालमा कसैको पनि ज्यान नजावोस भन्ने उदेश्य बोकेर गरेको आकस्मिक रक्तदानको कार्यलाई रास्ट्रले सम्मान गर्नपर्ने बताउनुभयो भने अन्य बक्ताहरुले संस्था स्थापना कालदेखि हालसम्म गरेका सदस्यहित देखि सामाजिक हितको लागि गरेको कार्यहरू अन्य सहकारी हरुको लागि उदाहरण बनेको भनी चर्चा गर्नुभयो । संस्थाले प्रत्येक बर्ष आफ्नो स्थापन दिवसको दिन पारेर सामाजिक कार्यमा कार्य गर्दै आइरहेकोमा १४औ स्थापना दिवसको उपलक्ष्यमा चन्द्रपुर–४ मा निर्माणाधीन भवन समता स्कुलको लागि १ सय १ बोरा सिमेन्ट दिने घोषण संस्थाका अध्यक्ष गहतराजले गर्नुभयो । कार्यक्रममा संस्थामा बिगत लामो समयदेखि कार्यरत ५ जना कर्मचारीहरु लाई सम्मान गरि प्रसंशापत्र बितरण गरिएको थियो भने आगन्तुक ब्यक्तित्व हरुलाइ संस्थाको तर्फबाट मायाको चिनो बिरतण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार समिति संयोजक श्री कालिन्दी कुमार घिमिरेले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष श्री बसन्त आचार्यले संचालन गर्नुभएको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री प्रकाश सुनुवारले संस्थाले प्रत्येक बर्ष संस्थाको स्थापना दिवसको दिन यसै समाजको हकहितको लागि केहिनकेही गर्ने हाम्रो टिमले प्रतिबद्धता सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
