रौतहटः नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहटको नया कार्य समिति चयन भए देखी नै बिवाद देखीएको छ । जिल्लाको नया कार्य समिति चयन गर्दा पार्टीको बिधान बिपरीत चयन गरेको भन्दै एमाले रौतहटका निवर्तमान अध्यक्ष तुलसि गीरी पक्षले असन्तुष्टि जनाउँदै आएको छ । एमले रौटहटमा पनि दुई पक्ष बिच प्रतिशपर्दा नै चलेको छ ।
शनिवार पनि नेकपा एमाले रौतहटको २ स्थानमा बैठक राखिएकोेमा एक स्थानको बैठक स्थगित गरिएको हो । शनिबार जिल्लाको गरुडा र मौलापुर गरेर २ स्थानमा नेकपा एमालेको बैठक राखिएको थियो जसमा मौलापुरको सपथग्रहण कार्यक्रमलाई स्थगित गरिएको हो । गरुडा स्थित पार्टि कार्यालयमा फागुन १७ गते मौलापुरमा हुने मधानी महायज्ञलाई सम्बोधन गर्न आउन लागेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली को भब्य स्वागत सत्कार गर्ने बिषयमा छलफल राखिएको थियो भने मौलापुरमा सपथग्रहण कार्यक्रम राखिएको थियो । मौलापुरमा राखिएको कार्यक्रमलाई केन्द्र र प्रदेश कमिटिले जिल्लाको बिवाद नटुङ्गिएसम्म सपथग्रहण कार्यक्रमलाई स्थागित गर्न लगाईएको हो ।नया कार्य समिति चयन बिवादस्पदनै रहेको हुदा हाल नया कार्य समितिलाई कुनै काम कार्वाही गर्न नपाउने बुझिएको छ । सो सपथग्रहण कार्यक्रममा नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह,केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज उद्धव रेग्मी लगायतको सहभागिता रहेको थियो ।
यता गरुडामा राखिएको छलफल कार्यक्रममा नेकपा एमाले रौतहटका निवर्तमान अध्यक्ष तुलसी गिरी,केन्द्रीय सदस्य तथा रौतहट जिल्ला सह–इन्चार्ज रेखा झा,प्रदेश कमिटि सदस्य लगायत नगर अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटि सदस्य राजु धामीले जानकारी दिएका छन् ।
केन्द्र र प्रदेश बाट निर्णय नभए सम्म नया कार्य समितिलाई नमान्ने सदस्य राजु धामीले बताए ।
आवरण एमाले रौतहटको बिवाद कायमै २ स्थानमा बैठक,सपथग्रहण कार्यक्रम स्थगित