माघ ९, रौतहट//रोल्पामा गाई काटेको अभियोगमा गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४र४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

अघिल्लो सामग्रीएमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण
यसपछिको सामग्रीमधेस प्रदेशले राजपत्रबाट ‘चुच्चे नक्सा’ हटायो