तिम्रो रूपले मन सेक्ने गरेको छु
सपनीमा उन्नलाई देख्ने गरेको छु

जब तिम्रो माया को जाला परे देखी
जुन दिन बाट गजल लेख्ने गरेको छु

उन्को तस्बिर दिल बाट न हट्ने भयो
तेसैले राति सपनि आउने गरेको छु

म तिम्रो मायामा यति फिदा भइ सके
किताब छोडि तस्बिर बोक्ने गरेको छु

म तिमी विना एक पल बाँच्न सक्दिन
राती मैले तिम्लाइ बोलाउने गरेको छु

तिमी संग एक दिन स्कुल जान न पाउँदा
जुन लाई हेरि अधेरी टोलाउनु गरेको छु

एक पल तिमी संग संगै खेल्न नपाउँदा
घर मा सिरानी संग खेल्ने गरेको छु >>

-दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल !

अघिल्लो सामग्रीबागमती सामुदायिक वन उपभोक्ता समूहद्धारा दाउरा वितरण
यसपछिको सामग्रीसाझावाणी दैनिक माघ ०७ गते शुक्रवारको ई-पेपर