चन्द्रपुर,१० माघ
रौतहटको चन्द्रपुर ०७ स्थित बिपन्न परीवारलाई कम्बल बितरण गरीएको छ । राम कुमार कोईराला स्मृति प्रतिष्ठान तथा स्व.कवि प्रसाद अधिकारीको सम्झनामा चन्द्रपुर ७ स्थित बनबुहरीमा अतिनै बिपन्न असहाय,गरीव परीवार र स्थानियलाई कम्बल बितरण गरीएको हो । तराई मधेशमा चिसो र शितलहरले गर्दा जन जिवन प्रभावित रहेको छ । हँुदा खाने र लगाउने परीवारको अवस्था निकैनै कष्टकर रहेको हुँदा रहात स्वरुप कम्बल बितरण गरीएको राम कुमार कोईराला स्मृति प्रतिष्ठानका उपाध्यक्ष देवकी नेपालले बताईन । चन्द्रपुर ७ मा रहेको मुसहर बस्ति,थारु बस्ति र चिसोबाट प्रभावित भएका एक सय घर धुरीलाई आज कम्बल बितरण गरीएको स्मृति प्रतिष्ठानका सदस्य प्रमोद कोइरालाले जानकारी दिए र भोलि मंगलबार नयाँ बस्तिका विपन्नहरुलाई कम्बल बितरण गरिने कोइरालाले बताए ।

सोमवार एक कार्यक्रम बिच चन्द्रपुर ७ निवासी युवा ब्यवसायी देवराज अधिकारीको स्वर्गिय पिता कवि प्रसाद अधिकारीको सम्झनामा र राम कुमार कोईराला स्मृति प्रतिष्ठानको आयोजनामा कम्बल बितरण गरीएको हो । कम्बल बितरण कार्यक्रममा १०१ बर्षिय बृद्धा गिरिजादेबी विष्टलाई सुतिरहेकी अवस्थामा कम्बल ओढाईएको थियो । कम्बल बितरण कार्यक्रममा प्रतिष्ठानकि उपाध्यक्ष देवकी नेपाल,सह सचिव दिल ब.बस्नेत उर्फ गणेश, वडाध्यक्ष बिष्णु प्रसाद उप्रेति,देवराज अधिकारी,कृष्ण दहाल,दिनेश खनाल लगायत स्थानिय युवा र प्रतिष्ठानका सदस्यहरुको उपस्तिथि रहेको थियो । माघको जाडोको बेला आफुहरुले राहात स्वरुप कम्बल पाउँदा स्थानिय हर्षित भएका छन् । राम कुमार कोईराला स्मृति प्रतिष्ठानले समाजमा उत्तरदायी भएर बिभिन्न कार्यमा भुमिका निर्वाद रुपमा निभाउदै आएको छ ।

