
माघ ९, रौतहट// नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केपी शर्मा ओलीलाई शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ । हाल उहाँहरु दुवैजना बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। संक्रमण भएसँगै वक्तव्यमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको छ ।


