पुष २१,रौतहट
चिलीको स्यान्डियागोस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने चारजना मौरीपालक किसानलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा मौरीको टोकाइबाट ७ जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । लामो खडेरीका कारण चिलीका मौरीपालक किसान मारमा परेका छन् । चिलीमा खडेरी कुनै नौलो नभए पनि सन् २०१० यताकै सबैभन्दा खराब खडेरीका कारण मौरीको खानाको स्रोत मासिन थालेका छन् ।किसानहरूले सरकारसँग महको मूल्य समायोजन गर्नुका साथै राहतको माग गरेका छन् । उनीहरूले राष्ट्रपति सबास्टियन पिनेरासँग भेटको माग गरेका छन् । प्रदर्शनका क्रममा मौरीपालक किसानले ६० वटा मौरीको घार साथमा लिएर आएका थिए । त्यसमा करिब १० हजार मौरी रहेको बताइएको छ । प्रहरीहरूले सो घारलाई हटाउदा ७ जनालाई मौरीले टोकेको बताइएको छ । उनीहरूलाई अस्पताल लगिएको थियो । जलवायु परिवर्तनले मौरीको जनसङख्या कम हुदै गएको पाइएको छ । सन् २०२० मा गरिएको एक अध्ययनले उत्तर अमेरिकामा मौरीको स·ख््या ५० प्रतिशत तथा युरोपमा १७ प्रतिशतले कम भएको देखाएको थियो । सीएनएन

अघिल्लो सामग्रीन न्याय न लय, तर न्यायालय
यसपछिको सामग्रीअतिरिक्त शुल्क विवादले नोवेल कलेज तनावग्रस्त, विद्यार्थी संगठनद्वारा तोडफोड