गौर,माघ ५// रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ । स्थानीय बौधीमाइ नगरपालिका–७ बंकुलबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउंदै गरेको अवस्थामा ३ लाख ६८ हजार ६ सय रुपैयाँ नेपाली नोट सहित भारत बिहार राज्यको मोतिहारी थाना घोडासहन का चुन्नु प्रसाद जयसवालको १९ वर्षीय छोरा यसराज जयसवाललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्रोत नखुलेको रकम ३ लाख ६८ हजार ६ सय रुपैयाँ नेपाली नोट

भारतबाट आउदै गरेको बीआर–०५एएन–६०८२ नं।को मोटर साइकललाई रोकी चेकजाँच गर्दा उक्त रकम फेला परेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । सो मध्ये ६९ हजार ५ सय नक्कली नोट रहेको छ । पक्राउ पर्ने युवकहरु नेपाली सीमासंग जोडिएको भारतीय जिल्लाका नै रहेको खुलेको छ। मंगलवार पक्राउ परेका जयसवाललाइ आवश्यक कानूनी कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अघिल्लो सामग्रीलुटेरा समूहले असई पोखरेलमाथि गरे आक्रमण, ५ जना नियन्त्रणमा
यसपछिको सामग्रीमहोत्तरीबाट नाइट्राभेट १० लागूऔषध सहित दुई जना पक्राउ