माघ ८ ,रौतहट// सर्लाहीमा सवारी दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । शुक्रबार राती सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्यूनिष्ट लिगका नेताको सुनील बमजनको मृत्यु भएको हो ।

सर्लाहीको हरिवन नगरपालिका ५ बस्ने ३३ वर्षीय बम्जनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुनील सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । माओवादी केन्द्र हरिवन नगर समितिले सुनिलको मृत्युप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानविनको माग गरेको छ

अघिल्लो सामग्रीचन्द्रपुर चोकमा एमसीसीविरुद्ध जुलुस गर्दै युवाहरु, तस्बिर सहित
यसपछिको सामग्रीरौतहटमा दर्जनौ नेता जसपा त्याग गरि माओवादीमा प्रवेश