सर्लाही//सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई कोरोना संक्रमण भएको छ । आइतबार बेलुका स्वाब दिएका दुवैको रिपोर्ट सोमबार साँझ पोजेटिभ आएको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा कोरोना देखिएपछि दुवै जना आ(आफ्नो निवासमा आइसोलेट भएका छन् । प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिएका थिए ।
एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए । प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए । प्रजिअ गौतमले भने, ‘कास्कीमा हुँदा पनि संक्रमित भएर निको भएको थिएँ ।’कोरोना संक्रमण भएका दुवै जना जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका थिए । भारतसँग सिमा जोडिएकाले सर्लाही कोरोना संक्रमणको अत्यधिक जोखिममा छ । यसबाहेक प्रदेश २ का सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लामा पनि संक्रमण बढेको छ ।
आवरण सर्लाहीका सीडीओ र एसपीमा कोरोना संक्रमण पुष्टि