माघ १२ , रौतहट// सप्तरीमा ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो । लालदेव चौधरी चढेको स १० प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकमा ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीले जानकारी दिएको छ ।

अघिल्लो सामग्रीकिन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?
यसपछिको सामग्रीअज्ञात समूहद्वारा ट्रकमा आगजनी