रौतहटचन्द्रपुर ,माघ ५ // सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रूपनी गाउँपालिका वडा नं. १ की ७५ वर्षीया महिला रहेकी छिन। माघ १ गते ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार पीसीआर परीक्षणका लागि २ गते स्वाब लिइएपछि ३ गते रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको हो ।सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएको निमित्त प्रमुख यादवले बताए ।
प्रदेश खवर सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्य