९ माघ, रौतहट // माध्यमिक शिक्षा परीक्षा (एसईई) अगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।
शनिबार बसेको बमेडको बैडकले एसईईको परीक्षा वैशाख र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शर्माका अनुसार परीक्षा तालिका अब चाँडै सार्वजानिक गरिने छ ।कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठनमा केही ढिलाई भएकोले परीक्षा पनि परसारिएको बोर्डका अध्यक्षले जनाए ।
यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।
