रौतहट,माघ ५ // धनुषाको बटेश्वरमा गाउँपालिका ४ मा मंगलवार राति लुटेरा समूहले प्रहरीमाथि नै आक्रमण गरेको छ । प्रहरी चौकीका असई मनोज पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेका हुन् ।धनुषाका एसपीका अनुसार आक्रमणबाट असई पोखरेल घाइते भएका छन् । घाईते भएका असईको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भएको हो । उनको टाउकामा १२ वटा टाँका लागेको धनुषाका एसपी बसन्त रजौरे जनाएका छन् ।
ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरुलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आक्रमण भएको हो । घटनास्थलमै लुटराका समुहका अन्य व्यक्तिले लुटेरालाइ पक्रेर ल्याउने क्रममा घेरेर असई पोखरेलमाथि आक्रमण गरेका हुन । घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको धनुषाका एसपी बसन्त रजौरे बताए ।