माघ १३ , रौतहट // रौतहटको गरुडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेका छन्। गएराती ११ बजे तिरको समयमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको गरुडा प्रहरीले जानकारी दिएको छ ।

अघिल्लो सामग्रीमधेसमा सबभन्दा बढी जनसंख्या
यसपछिको सामग्रीमधेश सरकारले जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न निर्देशन