१३ माघ,रौतहट//रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा बिहिवार बिहान १० बजे अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो ।

स्थानीय मनोज यादवले रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा बालकको मृत्यु भएको प्रहरीको भनाई छ । सडकमा खेलिरहेका बालकलाई ट्याक्टरले किच्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमियाले जानकारी दिए ।

घटनालगत्तै चालक मनोज यादव फरार भएका हुन् । चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ ।

अघिल्लो सामग्रीराष्ट्रियसभाको बैठक १७ माघमा
यसपछिको सामग्रीरौतहटमा छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु