रौतहट:रौतहटको फतुवा बिजयपुर नगरपालिकाका जनता समाजबादी पार्टीका बरिस्ठ नेता सहित दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन ।
फतुवा बिजयपुर ८ घर भएका जसपाका बरिस्ठ नेता शिवपुजन यादव दर्जनौं नेता कार्यकर्ता सहित माओवादीमा प्रवेश गरेका हुन ।जसपा पार्टी बाट मधेस र मधेसी जनताले अधिकार र पहिचान कहिलै नपाउने भन्दै नेता यादव संगै फतुवा बिजयपुरका कैयौं वडाका जसपाका अध्यक्ष लगायतका पदाधिकारी पार्टी परित्याग गरि माओवादी मा प्रवेश गरेको हो ।

रौतहटको चन्द्रनिगाहपुर स्थित एक कार्यक्रमका बीच नेता शिवपुजन यादव सहित उनका दर्जनौं समर्थक जसपा परित्याग गरि इमेलमा प्रवेश गरेका थिए ।कार्यक्रमका अध्यक्ष माओवादी जिल्ला अध्यक्ष देवेन्द्र पटेल लगायतका नेताहरुले यादव लगायत नवप्रवेशिहरुलाई माला र टीका लगाई स्वागत गरेका थिए ।शिवपुजन यादव सहित दर्जनौं नेता कार्यकर्ता एकैपटक पार्टी छोडेर माओवादी प्रवेश गरेपछि रौतहटमा जनता समाजबादी पार्टी लाई ठुलो धक्का लागेको छ ।निर्वाचनको तिथि तोक्न छलफल चलिरहेकै बेला ठुलो संख्यामा नेता कार्यकर्ता जसपा परित्याग गर्नुमा नेतृत्व तहको कमजोरी रहेको जनकारहरु बताएका छन ।

अघिल्लो सामग्रीसर्लाहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
यसपछिको सामग्रीवैशाखमा प्रतिनिधि सभाको चुनाव कार्ड मात्रै: ओली