१४ माघ, रौतहट//रौतहटमा विभिन्न दुई ठाउँ सवारी दुर्घटनामा परि रौतहटका तीन जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा दुई जना र ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
रौतहटको गरुडा नगरपालिका ४ मा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ वरियारपुरका १९ वर्षीय महम्मद अल्ताफ र २५ वर्षीय रबि साहको मृत्यु भएको प्रहरीको भनाइ छ। साहले चलाइरहेको ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि अस्पताल पु¥याउँदा अस्पतालले मृत्यु भइसकेको बताएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
यसैगरी, फतुवा विजयपुर नगरपालिका ९ मा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ ।
नयाँ ट्रयाक्टर किनेर ल्याएको र ट्रयाक्टर धनी मनोज यादवले आफैँले चलाउन खोज्दा आफ्नै भाइ सनोज यादवका ४ वर्षीय छोरा यश यादवको किचिएर मृत्यु भएको हो।
आफ्नै भाइको छोराको आफैँले चलाएको सवारीले मृत्यु भएपछि मनोज फरार भएका छन्। फरार यादवको खोजी भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।

अघिल्लो सामग्रीरौतहटमा ट्याक्टरले किचेर बालकको मृत्यु
यसपछिको सामग्रीपूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा