रौतहट ,माघ ०५ // रौतहटको गौरमा कालोबजारी गरेर नक्कली मोबिल बनाएर बिक्री वितरण गर्ने दुइजना पक्राउ परेका छन् । उनीहरुको गोदाम बाट हजारौ लिटर नक्कली मोबिल बरामद भएको छ ।रौतहट गौर नपा ५ स्थित बरहवा पुल नजिक दुइसय लिटर नक्कली मोबिल सहित दुइजना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।
पक्राउ पर्नेमा राजदेवी नपा ९ का २८ बर्षिय राणा रौशन सिंह र ४२ बर्षिय हरेन्द्र कुमार सिह छन । जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान भइरहेको जनाएको छ ।
अपराध रोतहटमा कालोबजबरी गर्ने दुईजना व्यक्ति प्रकाउ