पुष ३० ,रौतहट
भारतमाको जलपाईगुडि जिल्लास्थित मैनागुडी नजिकै बिहिबार साँझ रेल पल्टिदा ९ जनाको मृत्यु भएको हो । गन्तव्यमा हिडिरहेका कयौं व्यक्ति घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त दुर्घटनामा पाँच ओटा डिब्बा पल्टिएको र १२ ओटा डिब्बामा क्षती भएकोले मृतकको संख्या अझै बढ्नसक्ने जानकारी दिईएको छ ।राति उद्धारमा समस्या भएकाले अहिले उद्धार जारी छ भने धेरै व्यक्ति च्यापिएकाले उद्धारगर्न कठिनाई भईरहेको जनाईएको छ ।