पुष,२९
रौतहट//रौतहटमा निर्माणाधिन रेलवे ट्रयाकबेडको काममा कमसल समाग्री प्रयोग भएको पाईएको छ । जिल्लाको पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड पर्ने निर्माणाधिन रेलवे ट्रयाकबेडमा कमसल सामग्री प्रयोग भइरहेको पाईएको हो ।
निर्माणाधिन रेलवे ट्रयाकबेडमा कमसल सामग्री प्रयोगहुदाँ यहाका स्थानिय आक्रोसशित भएका छन् ।
ट्रयाकबेड बनाउन मजबुतिको लागी मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरमा रोलिङ्ग गर्नुपर्ने हुन्छ तर निर्माण कंम्पनिले पाँगो बालुवा राखेर रेलवे ट्रयाकबेड बनाईरहेको पाइएको हो । लामा गोल्डनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दायाँ बायाँमा निमार्ण गरेको रेलवे ट्रयाकबेड कमसल सामग्री प्रयोग भएको छ ।
उक्त कम्पनीले करिब १ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण गर्दा पाँगो बालुवा राखेर कमसल काम गर्नलागेकोमा स्थानीयले बिरोध जनाएका छन् । रेल मार्ग निमार्णको अनुगमन गर्नु पर्ने रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका प्राबिधिकको अनुपश्थित रहँदा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको स्थानीय बिजय कार्कीको आरोप लगाएका छन् ।
यति बेला निमार्ण भैईरहेको रेलवेको माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्टमा निर्माण सम्झौता विपरित काम भइरहेको छ । रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका इन्जिनियर बोध भण्डारीले निर्माण कम्पनीले गुणस्तर हीन सामग्री प्रयोग गरेको पाइएपछि हटाएर पुन सम्झौता अनुरूप राख्न निर्देशन दिएको बताउनु भयो ।
निर्माण कम्पनीको भरमा रेल्वे ट्याक बेडको काम भैरहवा खुल्लमखुल्ला गुणस्तर हीन काम भइरहेको स्थानीय सुवास कोइरालाले बताउनु भयो ।
निर्माण कार्यको प्राविधिक जिम्मा लिएका रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका ओभरसियर श्याम श्रेष्ठको बेवास्ताका कारण निर्माण कम्पनीले आफूखुसी गरेको आरोप रहेको छ ।
प्रदेश खवर रेलमा सधै झेल, ट्रयाकबेड निर्माणमा कमसल सामग्री